युभेन्टसले गर्‍याे रोनाल्डोलाई औपचारिक रुपमा सार्वजनिक

 साउन १, २०७५ मंगलबार ७:४८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई क्लबले पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

युभेन्टसले रोनाल्डोलाई यसै साता १०० मिलियन पाउण्डमा स्पेनिस क्लब रियल मड्रिडबाट क्लबमा भित्र्याएको थियो । युभेन्ट्सले रोनाल्डोलाई हरेक सिजन ३० मिलियन पाउण्ड दिनेगरी चार वर्षको लागि अनुबन्ध गरिएको हो ।

रोनाल्डोले युभेन्ट्समा आफ्नो ट्रेडमार्क जर्सी ७ नम्बरको जर्सी लगाउने छन् । सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा रियल मड्रिड क्लब आएका रोनाल्डोले रियलसँगको अनुबन्ध सम्झौता ३ वर्ष बाँकी छँदै युभेन्ट्स गएका हुन्  । ९ वर्ष रियलमा बिताएका रोनाल्डोले गएको सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए ।

३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियलका लागि रोनाल्डोले ४३८ खेलमा रोनाल्डोले ४५० गोल गरेका छन् । पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन्  । रोनाल्डोले सन् २००८, १३, १४ र १६ मा बालोन डी’ओर जितेका थिए ।

रोनाल्डोले रियलबाट च्याम्पियन्स लिगको एकै सिजन १७ गोल गरेर नयाँ किर्तिमान बनाएका थिए । रोनाल्डोले रियलमा रहदा १६ मुख्य उपाधि हात पारे । जसमा ४ च्याम्पियन्स लिग, २ ला लिगा, ३ क्लब विश्वकप र ३ युरोपियन सुपर कप,दुई स्पेनिस सुपर कप र २ कोपा डेल रे रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया