जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया आठौँ स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको एस्पान्याेललाई दुई-एक गोल अन्तरले पराजित गर्दै भ्यालेन्सिया १७ अंकका साथ १२ औंँ स्थानबाट आठौँ स्थानमा उक्लिएको हो । १ गोलले पछि परेको भ्लोन्सियाले दोस्रो हाफमा २ गोल गर्दै स्पष्ट तीन अंक जोड्न सफल भयो ।
३१ औंँ मिनेटमा एस्पान्याेलका लागि मार्क रोका जुक्वेले पेनाल्टी मार्फत गोल गर्दै अग्रता बनाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको एस्पान्याेलले दोस्रो हाफमा अग्रता भने जोगाउन असफल रह्यो ।
डेनियल परेजो मुनोजले ६९ औंँ मिनेटमा पेनाल्टीमै गोल गर्दै भ्यालेन्सियालाई बराबरीमा ल्याएका थिए । बराबरी भएको ११ मिनेट पछि भ्यालेन्सियाले दोस्रो गोल गरेको थियो । म्याक्सिमिलियानो गोमेज गोन्जालेजले गोल गर्दै भ्यालेन्सियालाई २–१ को अग्रता दिलाउन सफल भए । त्यसपछि बाँकी गोल नभएपछि भ्यालेन्सिया २–१ ले विजयी हुन सफल भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।