एमसीसीविरुद्ध नेपाली टोली फिल्डिङमा

 कात्तिक १७, २०७६ आइतबार ११:३८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीविरुद्धका खेलमा नेपालको यू १९ टिमले अहिले बलिङ गरिरहेको छ ।

आइतबार बिहान टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले सुरुवाती २४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ ।

टस जितेर पहिला नेपालले फिल्डिङ रोजेको हो । एमसीसीको टिमले १५ ओभरको खेल सकिँदा १०२ रन बनाउँदा विकेट गुमाएको थिएन । १७ औं ओभरमा नेपालका स्पिनर सागर ढकालले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले २२ रन बनाएर खेलिरहेका जेमी एडम्सलाई आउट गरेका हुन् ।

शेर मल्लले रोड्सलाई २१ औं ओभरमा अरुण ऐरीबाट क्याच गराउँदै ९३ रनमा पेभिलिएन फर्काए । उनले नै कप्तान जिमी एडम्सलाई २३ ओभरको दोस्रो बलमा शून्यमा पेभिलिएन फर्काएका हुन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया