म्यानमारसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको बिदाइ

 कात्तिक १७, २०७६ आइतबार १६:४२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको बिदाइ गरिएको छ ।

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत कुवेतविरुद्धको खेल अगाडि नेपालले म्यानमारसँग नोभेम्बर ७ मा मैत्रीपूर्ण खेल खेल्दैछ । म्यानमारविरुद्धको खेल कप्तान तथा गोलकीपर किरण चेम्जोङ, रोहित चन्दले गुमाउने भएका छन्  भने मिडफिल्डमा विशाल राई र पूर्व कप्तान विराज महर्जन पनि टिममा अटाएका छैनन्।

यस्ताे छ म्यानमारसँग खेल्ने टाेली:

गोलकीपरः विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्योपाने

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डरः सुनील बल, रवी पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ

फरवार्डः भरत खवास, विमल घर्तिमगर, अविशेख रिजाल, नवयुग श्रेष्ठ

म्यानमारसँगकाे खेल म्यानमारकोे मन्डलेमा नोभेम्बर ७ मा हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया