आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – मजदुरको नाममा विभिन्न कम्पनी दर्ता गरेर नक्कली बीजकको प्रयोग गरेर राजश्व छली गर्ने २९ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।
बाराको कलैया घर भइ ललितपुर धोबिघाट बस्ने विनोदकुमार अग्रवाल, झापा घर भइ ललितपुरको हात्तीवन बस्ने विकास अग्रवालसहित २९ जनाले निम्न आय भएका गरिब तथा मजदुरको नाममा फर्म खोलेर नक्कली भ्याट बिल प्रयोग गर्दै १ अर्ब २९ करोड ३६ लाख रुपैयाँ राजश्व चुहावट गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
उनीहरुले विभिन्न मजदुरका नाममा आर्यत ट्रेडिङ कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिङ, प्रसुमा सप्लायर्स, स्मारिका जनरल सप्लायर्स, नाइस ट्रेडिङ, जेनिशा एन्ड ट्रेड सप्लायर्स, शुसिम ट्रेडलगायत १३ वटा फर्म दर्ता गरी विभिन्न सामग्री किनबेच, नक्कली भ्याट बिल बनाएर सरकारी खातामा रकम जम्मा नगरि राजश्व छलेको विभागले जनाएको छ ।
उनीहरुविरुद्ध १ अर्ब २९ करोड रुपैयाँ बिगो र ३ वर्ष कैदको माग गरेर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायर गरिएका प्रतिवादी निम्न रहेका छन् ।