ए डिभिजन लिगमा पहिलाे चरणकाे खेल सकिँदै, थ्रीस्टार र जावलाखेल तथा मनाङ र एपीएफ खेल्दै

 पुष २, २०७६ बुधबार १०:१४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत बुधबार पहिलो चरणको खेल सकिदैँछ ।

गएको शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा उद्घाटन भएको लिग फुटबलमा बुधबार हुने २ खेलसँगै पहिलो चरणको खेल सकिने छ । 

एन्फा मैदान सातदोबाटोमा मध्याह्न साढे १२ बजे रुस्लान थ्रीस्टार र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुवै टिमले स्पष्ट तीन अंकको खोजीमा मैदान उत्रनेछन् । 

यसैगरी दिउँसो साढे २ बजे दशरथ रंगशालामा विभागीय क्लब एपीएफ र गएको संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

मंगलबार भएको खेलमा एनआरटीले सरस्वती युवा क्लबमाथि ४–० गोल अन्तरको जित दर्ता गर्दा हिमालयन शेर्पा र नेपाल पुलिस भने गोलरहित बराबरीमा रोकिएका थिए ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया