ज्ञानेन्द्र मल्लकाे विस्फाेटक ब्याटिङ, पोखरा प्रिमियर लिगमा शतक बनाउने पहिलो खेलाडी

 पुष २, २०७६ बुधबार ११:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाण्डौ गोल्डेन्स वारियर्सले एक्सपर्ट धनगढीलाई १ सय ८६ रनको लक्ष्य दिएको छ । 

पोखरा प्रिमियर लिगकै पहिलो शतक प्रहार गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले १०० रनको विस्फोटक इनिङ्स खेले । 

मौसमका कारण एक घण्टा ढिलो गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौले १७ ओभरमा झारिएको खेलमा पाँच विकेट गुमाउँदै १८५ रन बनाएको हो । 

कप्तान ज्ञानेन्द्र मल्लले ३८ बलमा आठ चौका र नौ छक्का प्रहार गरेका थिए । १७औँ ओभरको तेस्रो बलमा ज्ञानेन्द्र कमलसिंह ऐरीको बलमा सन्दिप जोराबाट क्याचआउट भए ।

तेस्रो विकेटका लागि ज्ञानेन्द्र र जयकिशन कोल्सावालाले १३१ रनको साझेदारी गरेका थिए । जयकिशन कोल्सावालाले पनि ४६ रन बनाए । उनले ३७ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । 

काठमाण्डौका लागि अमित श्रेष्ठले पनि २१ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ३४ रन बनाएका थिए ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया