देशका धेरै ठाउँमा वर्षा, दिनभर मौसम बदली हुने

 जेठ १०, २०७५ बिहिबार ८:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । आज दिनभर नै मौसम बदली हुने मौसमविद विभूति पोख्रेलले बताउनुभयो । 

उहाँका अनुसार अहिले बदली भएको ठाउँको मौसम दुईतीन घण्टापछि खुलेपनि फेरि बदली भएर पानी पर्ने सम्भावना छ । केही ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्न सक्ने उहाँले बताउनुभयो । भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले देशभरीकै मौसम बदली भै केही ठाउँमा पानी परेको मौसमविद् पोख्रेलको भनाई छ । 

मौसमविदका अनुसार सुदूरपश्चिम बाहेकका अरु ठाउँको मौसम अझै एकदुई दिन पूर्ण रुपमा खुल्ने संभावना कम छ । सुदूरपश्चिममा बढ्दै गएको तापक्रम घट्ने संभावना कम रहेको पनि उहाँले जानकारी दिनुभयो । गएको सोमबार धेरै ठाउँको तापक्रम ३ डिग्रीसम्म बढेको थियो । धनगढी र दिपायलको तापक्रम यो वर्षकै बढी ४१ डिग्री सेल्सियस पुगेको थियो । त्यसमा हिजो घटेर ३९ दशमलव ५ डिग्रीसम्म झरेपनि अबको केही दिन तापक्रम नघट्ने मौसमविद्को अनुमान छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया