दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु

 साउन ५, २०७५ शनिबार १३:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दक्षिण एशियाली ओलम्पिक काउन्सिलको कार्यसमिति बैठक शनिबार काठमाडौंमा सुरु भएको छ ।

सात मुलुकका ओलम्पिक कमिटीका प्रतिनिधिहरु सम्मिलित बैठकले आसन्न १३ औं दक्षिण एशियाली खेलकुदका बारेमा केही महत्वपूर्ण निर्णयहरु गर्नेछ ।

बैठकको अध्यक्षता काउन्सिलका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जीवनराम श्रेष्ठले गर्नुभएको हो । बैठकले दक्षिण एशियाली खेलकुदमा समावेश गरिएका खेलहरुको स्पर्धा तय गर्नेछ ।

कुन खेलमा कति स्पर्धा समावेश गर्ने छलफलले टुंग्याउने बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले यसअघि नै प्रतियोगितामा २५ खेल सहभागी गराउने निर्णय गरिसकेको छ । आयोजकको हैसियदमा नेपालले कराते र गल्फलाई यसपटक समावेश गरेको छ ।

उपाध्यक्ष श्रेष्ठका अनुसार काउन्सिलका अधिकांश सदस्यले क्रिकेट खेल पनि समावेश गर्ने धारणा राखेका कारण बैठकमा यसबारे पनि छलफल हुनेछ ।

१३ औं दक्षिण एशियाली खेलकुद आगामी फागुन २५ देखि चैत ४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । साग खेलका लागि अहिले मुख्य पूर्वाधारहरु दशरथ रंगशाला, सातदोबाटोको पौडी पोखरी, पोखरा रंगशालालगायतको पुनर्निर्माण भइरहेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पूर्वाधारकै कारण १३ औं साग निर्धारित समयमा हुनेमा आशंका नगर्न अनुरोध गरेका छन् । परिषदका अनुसार फागुनसम्ममा सबै पूर्वाधार तयार हुनेछ ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया