यू–१९ महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले दियाे थाइल्य...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा मनाङसँगको बराबरीपछि मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधिको होडमा आफ्नाे टिम केही चुकेको बताउनुभयाे ।
खेलकाे अन्तिममा २ टिमका खेलाडीबीच झगडा परेपछि केही समय तनावकाे अवस्था सिर्जना भएकाे थियाे । खेल सकिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले बलियो टिम विरुद्ध तीन अंक जोड्नु भनेको ६ अंक पाए जस्तै रहेको बताउनुभयाे ।
आजको खेलमा खेलाडीले जितका लागि आक्रामक हुनुपर्नेमा त्यो भने नदेखिएको पनि प्रशिक्षक कटवालले बताउनुभयाे ।
उहाँले आफ्ना खेलाडी खेल सकिएपछि झगडा गर्न गएकाे नभई छुट्याउन गएकाे पनि स्पष्ट पार्नुभयाे । आजकाे खेलमा रेफ्रिको भूमीका महत्वपुर्ण रहेको प्रशिक्षक कटवालकाे प्रतिक्रिया थियाे ।
उहाँले मनाङका दिपक राई र जगदिश श्रेष्ठले आफ्ना खेलाडीसँग निहु खोजेको आरोप पनि लगाउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।