खेल सकिएपछि हात मिलाउने कि झगडामा उत्रने ?

 पुस २२, २०७६ मंगलबार ७:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – घरेलु फुटबलमा दुई ठूला क्लवबीच खेलमा प्रतिस्पर्धा हुनु स्वभाविक हो तर स्टार खेलाडी नै अनुशासन गुमाउँदै खेलभावना विपरीत झगडामा उत्रनु कत्तिकाे सुहाउँला ? 

ए डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी र र मच्छिन्द्र क्लबबीचको खेलमा पनि यस्तै भयो । पूरै ९० मिनेट गोलका लागि प्रतिस्पर्धा गरिरहेका दुई टिमका खेलाडी खेल सकिएपछि झगडामा उत्रिए ।

अस्ट्रेलियामा बस्दै आएका राष्ट्रिय टिमका पूर्व सदस्य जगजित श्रेष्ठले मच्छिन्द्रका दिपक राईलाई मुख छाडे । त्यसपछि झगडा सुरु भयो, जसलाई साम्य पार्न प्रहरी नै मैदानमा छिर्नुपरेको थियो । म्याच रेफ्री श्रवणकुमार तामाङ पनि झगडा देखेर अचम्ममा परे ।

उनी आफैले झगडा साम्य पार्न निकै कठिन थियो । त्यसपछि बेञ्चमा रहेका मनाङका रञ्जन विष्ट र मच्छिन्द्रका विजय धिमाल पनि मैदान छिरेर झगडामा संलग्न भएका थिए। रेफ्रीले झगडामा संलग्न मनाङका अशाेकलाई रातो कार्ड दिए। त्यसैले झगडालाई साम्य पार्न एक दर्जन पुलिस मैदानमा पुगेका थिए । यतिमात्र होइन क्लबका पदाधिकारी र एन्फा अफिसियल पनि झगडालाई साम्य पार्न लागेका थिए ।

केही बेरको अशान्त वातावरणपछि झगडा त शान्त भयो तर जुन हरकत खेलाडीले मैदानमा देखाए, त्यसले अनुशासनमा भने ठूलो प्रश्न उठाएको छ । जगजित श्रेष्ठ राष्ट्रिय टिममा हुँदा पनि अलि सन्काहा प्रवृत्तिका खेलाडी भन्ने गरिन्थ्यो । अचानक रिसाउने उनको बानीले टिमका सदस्य पनि उनलाई सम्झाउने गर्थे । साेमबार उनकै कारणले झगडा सिर्जना भएको विपक्षी खेलाडीको भनाइ छ ।

अब यो घटनाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कुन रुपमा लिन्छ, त्यो हेर्न बाँकी छ । दुई टिमका खेलाडीको व्यक्तिगत इगाेका कारण यो घटना भएको क्लबका पदाधिकारीको भनाइ छ ।

यसै सिजन मनाङबाट ६ जना खेलाडी मच्छिन्द्रमा गएका थिए । जसको रिस मनाङका खेलाडीलाई परेको हुन सक्छ । 

साेमबार भएकाे खेलमा एनआरटी र जावलाखेल गाेलरहित बराबरी राेकिएका थियाे । त्यस्तै साेमबार नै भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी र मच्छिन्द्र युवा क्लबले बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया