इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ - सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीले बिहीबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सत्य निरुपण आयोगका नवनियुक्त अध्यक्ष डा.गणेशदत्त भट्ट र बेपत्ता आयोगका नवनियुक्त अध्यक्ष युवराज सुवेदीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
त्यसै अवसरमा प्रधानन्यायाधीशको उपस्थितिमा सत्य निरुपण आयोगका अध्यक्ष डा भट्टले नव नियुक्त सदस्यहरु प्रचण्डमान प्रधान, डा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल तथा बेपत्ता आयोगका अध्यक्ष सुवेदीले नवनियुक्त सदस्यहरु विश्वप्रकाश भण्डारी, गङ्गाधर अधिकारी, सुनिल रञ्जना सिंह र सरिता थापालाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले गत शनिबार नाम सिफारिस गरेपछि उहाँहरुलाई सरकारले नियुक्त गरेको हो ।
पदाधिकारीको नियुक्तसँगै गएकाे चैतदेखि रिक्त रहेको दुवै आयोगले पूर्णता पाएका छन् । यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग दुवै आयोगका नवनियुक्त पदाधिकारीले बिहीबार भेट गर्नुभएको छ ।
भेटमा मन्त्री ढकालले दुबै आयोगले ऐनद्वारा निर्धारित आफ्नो काम समयमा सफलतापूर्वक सम्पन्न गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन पदाधिकारीलाई आग्रह गर्नुभयो । उहाँले आयोगका काम कारवाहीमा सरकार तर्फबाट पूर्ण रुपमा सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।