मधेश कृषि विश्वविद्यालमा बजेट पारित नहुँदा कामकाज प्रभावित

 पुष २७, २०८१ शनिबार १२:१०:४९ | रासस
unn.prixa.net

सप्तरी – चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा पनि विश्वविद्यालयको बजेट पारित नहुँदा मधेश कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा.भगवान ठाकुरका अनुसार आर्थिक कारोबार शुरु नभएकाले भाडाको कोठामा सञ्चालन रहेको विश्वविद्यालयको कक्षासमेत प्रभावित भएको छ । आर्थिक अभावमा नयाँ शैक्षिकसत्रको लागि भर्नाको प्रवेश परीक्षासमेत सञ्चालन गर्न नसकिरहेको उहाँले बताउनुभयो ।

त्यस्तै पानी, बिजुलीको बिल, घरभाडा, टेलिफोन, इन्धन र  पठनपाठनका लागि आवश्यक सामग्री खरिद गर्न समस्या भइरहेको छ । विश्वविद्यालयमा कार्ययरत १९ जना कर्मचारीले तलब समेत नपाएको रजिष्ट्रार डा.ठाकुरले बताउनुभयो ।

त्यस्तै विश्वविद्यालयको निर्माणाधीन भवनको काम पनि प्रभावित बनेको छ । निर्माणको काम गरिरहेको ठेकेदार कम्पनी ओम साई राम कन्स्ट्रक्सन सातदोबाटेले भुक्तानी नपाएपछि निर्माण काम ठप्प गर्ने अवस्था आएको कम्पनीका इन्जिनियर वसन्त साहले बताउनु भयो । उहाँले मूल्य अभिवृद्धि करसहित सात  करोड ५२ लाख १६ हजार दुई सय ९५ रुपैयाँको बिल भुक्तानी नभएकाले  बताउनु भयो ।

गएको जेठ र असारमा दुई वटा बिलको भुक्तानी गरी मूल्य अभिवृद्धि करसहित १३ करोड ८८ लाख छ हजार सात सय २२ रुपैयाँ भुक्तानी दिए पनि त्यसपछि पेश गरेको दुईवटा बिलको भुक्तानी हुन सकेको छैन ।

विश्वविद्यालयका सहकुलपति मधेस प्रदेश सरकारका शिक्षामन्त्री रानी शर्मा तिवारीले दुई पटक सिनेटको बैठक डाके पनि स्थगित भएको थियो । पछिल्लो पटक पुस १६ गते बसेको बैठकमा पनि कुनै निर्णय हुन नसकेको विश्वविद्यालयका उपकुलपति डा.वैद्यानाथ महतोले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया