अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
चितवन - चितवन राष्ट्रिय निकुञ्जको घुमघाम र यहाँको न्यानो आतिथ्यता पछि तीन दिनको बसाई सकेर बेल्जियमकी राजकुमारी अस्त्रिद शुक्रबार काठमाडौँ फर्कनुभयो । फर्कनुअघि उहाँले भरतपुर विमानस्थलको विशिष्ट कक्षमा निकुञ्जको सौन्दर्यताको बारेमा वर्णन गर्नुभयो ।
उहाँले चितवन राष्ट्रिय निकुञ्जमा घुम्दा आफूले एक सिङ्गे गैँडासहित विभिन्न जनावर र थुप्रै प्रजातिका चराचुरुङ्गी देखेको भन्दै खुशी प्रकट गर्नुभयो ।
आफूलाई स्वागतसहित राम्रो आतिथ्यता प्रदान गरेकोमा भरतपुर महानगरपालिका र प्रदेश सरकारप्रति पनि उहाँले आभार प्रकट गर्नुभयो । उहाँलाई प्रदेशसभा सदस्य रिना गुरुङ, भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित सरकारी अधिकारीले बिदाइ गरेका थिए ।
बुधबार साँझ चितवन राष्ट्रिय निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो । साँझ नै प्रदेश सरकारको आतिथ्यतामा अस्त्रिदलाई रात्रिभोज दिइएको थियो ।
बिहीबार दिनभर उहाँले निकुञ्ज घुम्नु भएको थियो । राजकुमारी अस्त्रिद एक साताका लागि नेपाल भ्रमणमा आउनुभएको हो । शनिबार उहाँ बेल्जियम फर्कने कार्यक्रम रहेको छ । उहाँ यही माघ ५ गते नेपाल आउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।