अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्याधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ ।
नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुरेण्ट लगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले जानकारी दिनुभयो ।
शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख श्रेष्ठलाई जिम्मेवारी दिएको थियो ।
चालु आर्थिक वर्षमा कामपाले सार्वजनिक शौचालय निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ । पछिल्लो समय कामपाले शहरी योजना आयोग गठन गरी सार्वजनिक शौचालय निर्माणको लागि काम अघि बढाएको जनाए पनि हालसम्ममा निर्माणको लागि ढाँचा, लागत र स्थानको अध्ययन मात्र गरेको छ।
कापमासँग सार्वजनिक निजी साझेदारीमा हुने कामका लागि छुट्टै ऐन छ । त्यस ऐनमा व्यावसायिक सार्वजनिक सामाजिक उत्तरदायित्वमा हुने कामका विषयमा व्यवस्था नभएकाले कार्यदल गठन गरेर नीति मस्यौदा गर्न कार्यदल बनाइएको उपप्रमुख खड्गीको भनाइ थियो ।
सार्वजनिक शौचालय निर्माणका लागि कामपाले विगत पाँच वर्षदेखिनै यस विषय उठान गरेको भए पनि हालसम्म निर्माणको कामले गति लिएको छैन । निर्माणको लागि शहरी योजना आयोगसहित विभिन्न सङ्घ संस्थाले गरेको अध्ययनअनुसार मानिसको सङ्ख्याको आधारमा सार्वजनिक शौचालय अत्यन्तै कम रहेकाले निर्माणको काम सुरु गर्नुपर्ने छ ।
शौचालय सञ्चालनका लागि कामपासँग जग्गा कम भए पनि विभिन्न सरकारी तथा संस्थानका जग्गा लिज वा अन्य विधिबाट प्राप्त गरी सार्वजनिक शौचालयको विस्तार गर्न पहल गरिहाल्नुपर्ने अध्ययनले देखाएको छ ।
हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा छन् । सञ्चालमा रहेकामध्ये २८ प्रयोगमा रहेको र तीनमा पनि सरसफाइको अभाव छ । नेपाल आयल निगम, कर्मचारी सञ्चयकोष, खाद्यसंस्थान, सांस्कृतिक संस्थान, गुठी, त्रिभुवन विश्वविद्यालयलगायतका संस्थासँग सहकार्य गरी सार्वजनिक शौचालय निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनअनुसार आवश्यकता हेरी ६९ स्थानमा नयाँ शौचालन निर्माण गर्न सकिने छ । निर्माणका लागि ६ वटा नमूना तयार भएको छ । सबै नमूनाको अध्ययन गरी कम लागतमा निर्माण हुने र टिकाउ शौचालय निर्माण कामपाको छनोटमा रहने उपप्रमुख खड्गीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।