अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
अछाम – पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिनु भएको छ ।
मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेकाे गैरीगाउँको गोठमा उहाँको शव भेटिएको छ । 'गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे छ', घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक (इनस्पेक्टर) रमेशदत्त अवस्थीले भन्नुभयो, 'प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न सकेको छैन, हामी अनुसन्धानमै छौँ ।'
उहाँका अनुसार घटनाका बारेमा प्रहरीलाई मङ्गलबार बिहान साढे ६ बजे जानकारी प्राप्त भएको थियो । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेको छ ।
अनुसन्धानमा आफ्नो संयन्त्र परिचालन गरिसकिएको र धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली आइरहेको उहाँले जानकारी दिनुभयो । मृतक धामी शिक्षक पेसाबाट राजीनामा दिइ नेपाली काङ्ग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।