अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा बजेट कार्यान्वयनमा ७० दशमलव ५ प्रतिशत प्रगति हासिल गरेको छ ।
मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति समीक्षा बैठकमा वार्षिक, नीति, कार्यक्रम र बजेट कार्यान्वयन, कार्ययोजना, चरणबद्ध उपलब्धि र मुख्य उपलब्धि सूचकको आधारमा ७० प्रतिशतभन्दा बढी प्रगति हासिल गरिएको जानकारी दिनुभयो ।
बिहीबार मन्त्रालयमा आयोजित बैठककमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री रामेश्वरराय यावदले आन्तरिक रोजगारी प्रवर्द्धन हुने गरी रोजगारीका क्षेत्र खोजी गर्नुपर्ने बताउनुभयो । उहाँले सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउन, आन्तरिक रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारीलाई उपलब्धिमूलक बनाउन निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव विनोद केसीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता देखाउन बाँकी खरिदको सूचना चाँडै नै प्रकाशन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभयो ।
सचिव केसीले श्रम सम्बन्ध असल राख्न, वैदेशिक रोजगारीमा ठगी र अनियमितता अन्त्य गर्न, आन्तरिक रोजगारीलाई प्रोत्साहन दिन र सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन मन्त्रालयले जोड दिएको जानकारी दिनुभयो ।
बैठकमा विनियोजित कार्यक्रमको हरेक शीर्षकको भएको कार्यप्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेको कारण र लक्ष्यअनुसार प्रगति हासिल गर्न चाल्नुपर्ने कदमका बारेमा छलफल भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।