नेप्से दोहोरो अङ्कले ओरालो लाग्याे : कसले कमाए, कसले गुमाए ?

 माघ २६, २०७६ आइतबार १९:२९:१५ | रासस
unn.prixa.net

काठमाण्डौ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही हप्ता उकालो लाग्दै आएको बजार फेरि ओरालो लाग्ने क्रम सुरु भएको छ। 

त्यही क्रममा आइतबार नेप्से १३ दशमहलव ७० अङ्कले घटेर एक हजार ३१९ दशमलव ९९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक तीन अङ्कले घटेर २८१ दशमलव ०४ मा पुगेको छ । 

नेप्से ओरोलो लाग्दा कारोबार रकममा समेत गिरावट आएको छ । कुल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर ९५ करोड चार लाख दुई हजार ५८४ रुपैयाँमा खरिद बिक्री भए । 

कारोबार भएका कुल १२ उपसमूहमध्ये आइतबार उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । याे उपसमूहमा १७ दशमलव ४८ ले बढ्दा बैंकिङ १२ दशमलव ३९, व्यापार ५ दशमवल ६४, होटल ५४ दशमलव ३२, विकास बैंक १९ दशमलव १४, जलविद्युत् ८ दशमलव ३४, वित्त ५ दशमवल ५१, निर्जीवन बीमा १३१ दशमलव ५१, अन्य ४ दशमलव ०५, लघुवित्त २० दशमलव ६९, जीवन बीमा ७५ दशमलव ८६ र सामूहिक लगानी कोष ० दशमलव ०६ ले घटेको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा नेको इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको तीन करोड ९२ लाख ५५ हजार ७६७ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भए । 

यस्तै ग्लोबल आइएमइ बैंक तीन करोड ५३ लाख ५७ हजार ९२७, एनआइसी एसिया तीन करोड ४६ लाख २३ हजार ५३३, नागरिक लगानी कोष तीन करोड १६ लाख ३० हजार २५१, नेपाल इन्भेस्टमेन्ट बैंक दुई करोड ७१ लाख १० हजार ८२२ रुपैयाँ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्था ३ दशमलव ८८, कञ्चन डेभलपमेन्ट बैंक ३ दशमलव २८, छ्याङ्दी हाइड्रोपावर २ दशमलव १३, सिभिल लघुवित्त वित्तीय संस्था २ दशमलव ०४, शिवम् सिमेन्ट १ दशमलव ९५ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १ दशमलव ८५ प्रतिशतले कमाए । 

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ५ दशमलव ७५, दिव्यश्वरी हाइड्रोपावर ५ दशमलव ६६, नेपाल फाइनान्स ५ दशमलव ६३, सेन्ट्रल फाइनान्स ५ दशमलव २९, ओरियन्टल होटल ४ दशमलव ८६ र मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ४ दशमलव २२ प्रतिशतले गुमाए । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया