अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
संखुवासभा - दुई दशकदेखि किमाथांका सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमै रहँदा सेवाग्राहीले सास्ती पाउने गरेका छन् । पाँच दिन हिँडेर राजश्व वुझाउनपर्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । भन्सार कार्यालय सदरमुकाम बसेपछि सेवा झन्झटिलो भएको सेवाग्राहीको भनाइ छ ।
किमाथांका नाकाबाट पशु चौपाया, खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, विद्युतीय, जुडिबुटीलगायत सामान आउँछ । यो नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको सीमा भन्सार कार्यालयले जनाएको छ । भोटखोला गाउँपालिकाको किमाथांका विकट र दुर्गम स्थान भएकाले सदरमुकाम खाँदबारीभन्दा चीनसँग भर पर्नुपर्छ ।
तिब्बतबाट ल्याएको चौरी पुच्छर सीमामा राखेर भन्सार तिर्न हप्ता दिन लगाएर खाँदबारी आउनु परेको भोटखोला गाउँपालिका–२ का सोप्पा भोटले बताउनुभयो । उहाँले भन्सार कार्यालय सदरमुकाममा भएकाले रु तीन हजार २५४ आयात भन्सार शुल्क तिर्न आउँदा रु १५ हजार खर्च भएको बताउनुभयो ।
उहाँले निम्न आयका व्यापारीलाई सामान्य व्यापार गर्न पनि धेरै दुःख पाउनु परेको बताउनुभयो । तिब्बतबाट ल्याइएको चौरी पुच्छर तराईका सुनसरी, मोरङ र झापाका बजारमा लगेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
भन्सार कार्यालयले आवतजावत गर्न एक हप्ताको प्रज्ञापनपत्र दिने गरेको छ । त्यस पत्रमा उल्लेख भएको विवरण जिल्ला प्रहरीले किमाथांका सीमा प्रहरी कार्यालयलाई जानकारी गराएपछि सीमा प्रहरीले सामग्री आयात तथा निर्यात गर्न दिने गरेको छ । राजश्व जिल्लामा बुझाए पनि प्रज्ञापनपत्र सीमामा नै दिने व्यवस्था मिलाएर आयात तथा निर्यात हुने सामग्रीको अनुगमन गरिनुपर्ने स्थानीयको माग छ ।
गाउँपालिकाका किमाथांका, चेपुवा, हटिया, च्याताङ, चेपुवा, रिदाक, थुदामलगायतका कैयौ घर परिवारले किमाथांका नाकाको भर पर्नुपर्ने बाध्यता छ । यो नाका अहिले कोराना भाइरसका कारण गत माघ ५ गतेदेखि बन्द छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।