बिरामी ओसारिने एम्बुलेन्समा चित्तल फेला

 माघ २७, २०७६ सोमबार ९:३९:८ | रासस
unn.prixa.net

बैतडी - सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार  भएको छ ।

आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । 

उहाँले इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जाँच गर्दा एम्बुलेन्समा चित्तल फेला परेको बताउनुभयो । चित्तल कहाँबाट ल्याइएको भन्ने खुल्न सकेको छैन ।एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्स  प्रहरी नियन्त्रणमा  छन् । 

चित्तल वन कार्यालयलाई बुझाइएको र चालकलाई कानूनअनुसार कार्वाही गरिने प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गएकाे कात्तिकमा डिलासैनीसहित १६ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया