प्रहरीसहित तीन जनाको ज्यान जानेगरी भएकाे धनुषा बम विस्फाेटमा संलग्न थप एक जना पक्राउ

 फागुन १, २०७६ बिहिबार २०:११:२४ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जानेगरी भएको बम विस्फोटको घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्वल नेतृत्वकाे नेकपाका सप्तरी जिल्ला इन्चार्ज इन्दल साह धानुक रहेको प्रहरीले जनाएकाे छ ।

घटनाका मुख्य योजनाकारमध्येका धानुकलाई सप्तरीबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको हाे ।

पक्राउ पर्नेमा सप्तरीका जिल्ला इन्चार्ज इन्दल साह धानुक रहेको प्रहरीले जनाएकाे छ । पक्राउ परेका साह सप्तरीमाभन्दा पहिला सिरहाका जिल्ला इन्चार्ज रहेका प्रहरीले जनाएकाे छ।

गएकाे मंसिर २८ गते महेन्द्रनगरमा भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल, औषधी व्यवसायी ४८ वर्षीय राजेश साह र उनका १६ वर्षीय छोरा आनन्द साहको ज्यान गएको थियो । यस घटनामा यसअघि नै ५ जना पक्राउ परिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया