चीनका नौ अस्थायी अस्पतालमा कोरोना भाइरस विरुद्धको सेवा सुरु

 फागुन ३, २०७६ शनिबार १५:१:२७ | रासस
unn.prixa.net

काठमाण्डौ - चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौ ओटा अस्थायी अस्पताल सञ्चालन हुन थालेका छन् । काेराेना भाइरसकाे सङ्क्रमणकाे प्रभाव उच्च भएकाे यस प्रान्तमा  निर्माण हुने अस्पतालहरुमा ६ हजार ९६० शैय्या राखिएका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)का अधिकारीहरुले दिएको जानकारीअनुसार ती अस्पतालहरुमा कोरोना भाइरसबाट सङ्क्रमित ५ हजार ६०६ जनाको उपचार भइरहेको छ । 

वुुहानमा आयोजित पत्रकार सम्मेलनमा एनएचसीका उपप्रमुख वाङ हेशेङले नयाँ अस्थायी अस्पतालहरु सुरु भएको जानकारी दिनु भएको हो । अस्थायी अस्थालमा सेवा सुरु भएर सेवा पाउन थालेपछि कोरोना भाइरस सङ्क्रमितहरुले राहत महशुस गरेका छन् । 

रोगको प्रकोप न्यूनिकरण तथा व्यवस्थापन गर्न यी अस्पतालहरुबाट उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ । बिरामीहरुले राम्रो उपचार सेवा पाईरहेको बताएका छन् भने कतिपय विरामीहरु उपचारपछि घर फर्किएका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया