विप्लव समूहका कास्कीका तीन जिल्लास्तरीय नेताद्वारा पार्टी परित्याग

 फागुन ४, २०७६ आइतबार १९:५१:१९ | रासस
unn.prixa.net

कास्की - नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वकाे नेकपामा आबद्ध तीन जिल्लास्तरीय नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

विप्लव समूहका जिल्ला सदस्यद्वय लोकेन्द्र राई, बमबहादुर हितान मगर र सक्रिय सदस्य डिलबहादुर सुनारले सो समूहको हिंसात्मक गतिविधिप्रति असहमति रहेकाले पार्टीका सम्पूर्ण जिम्मेवारी छाडेको आज विज्ञप्तिमार्फत जनाएका छन् । 

विज्ञप्तिमा शान्तिपूर्ण राजनीतिक कार्यक्रमले मात्र जनताको हित हुने भएकाले अबदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा आबद्ध भएर जनताको सेवा र हितमा काम गर्नेसमेत घोषणा गरिएको छ ।

विप्लव समूहमा आबद्ध रहेको अभियोगमा गत पुस २४ गते पोखरा महानगरपालिका–१४ चाउथेस्थित नयाँबस्तीबाट प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो । अदालतले गत माघ २२ गते सुनारलाई २० हजार रुपैयाँ र अन्यलाई जनही पाँच हजार रुपैयाँका दरले धरौटीमा रिहा गर्न आदेश दिएकामा धरौटी बुझाउन नसकेकाले उहाँहरु कारागार चलान हुनुभएको बताइन्छ । 

आज अदालतले तोकेको धरौटी बुझाएपश्चात् उहाँहरुलाई गण्डकी प्रदेशसभा सदस्यसमेत रहनुभएका नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य रामजीप्रसाद बराल र अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य मङ्गल लिम्बूको रोहवरमा कारागारले मुक्त गरेको थियो ।

कारागारबाट छुटेलगत्तै विज्ञप्तिमार्फत तीनैजनाले विप्लव समूह परित्यागको घोषणा गरेका हुन् । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया