नेप्से ३४ अङ्कले बढ्याे, २ अर्ब ७० कराेडकाे काराेबार

 फागुन ५, २०७६ सोमबार १९:३५:४१ | रासस
unn.prixa.net

काठमाण्डाै – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार ३४ अङ्कले बढेको छ ।

लगातार उकालो लागेको बजारमा साेमबार नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४ दशमलव २४ बिन्दुले बढेर एक हजार ३९८ दशमलव २४ मा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचकसमेत ८ दशमलव ०४ ले बढेर २९३ दशमलव ८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले एक हजार ४०० को दिशा लिएकाे छ ।

नेप्सेमा उच्च अङ्कको वृद्धि हुँदा त्यसको प्रभाव कारोबार रकममा परेको छ । साेमबार झण्डै रु दुई अर्ब ७० करोडकाे काराेबार भएको छ । कुल एक सय ७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार चार ४२ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । 

कारोबार भएका कुल १२ उपसमूहकै शेयर साेमबार उकालो लागेको छ । बैंकिङ ४१ दशमलव १३, व्यापार ४१ दशमलव ९७, होटल २० दशमलव ९४, विकास बैंक २७ दशमलव ३, जलविद्युत् ३२ दशमलव १८, वित्त ९ दशमलव ७९, निर्जीवन बीमा १८१ दशमलव ८२, उत्पादन १० दशमलव ६५, अन्य ६ दशमलव २१, लघुवित्त ९ दशमलव ६७, जीवन बीमा ११७ दशमलव ७२ र सामूहिक लगानी कोष ० दशमलव १ ले वृद्धि भएको छ । 

नेप्सेका अनुसार साेमबार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । याे कम्पनीको १२ करोड ९४ लाख ९० हजार दुई सय ३८ रुपैयाँ मूल्य बराबरको शेयर कारोबार भए । शिखर इन्स्याेरेन्स कम्पनी ११ करोड २१ लाख ९६ हजार चीन ७३, हिमालयन डिस्टिलरी १० करोड २९ लाख ३४ हजार सात ८४, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी नौ करोड दुई लाख ९४ हजार सात ६६, नेको इन्सुरेन्स आठ करोड ९९ लाख ६३ हजार दुई ४३, एनआईसी एसिया बैंक आठ करोड ७५ लाख ३३ हजार दुई ९१ रुपैयाँ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार ङादी समूह, राष्ट्रिय बीमा कम्पनी पञ्चकन्या माईका शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ९ दशमलव ४४, अरुण काबेली पावर ८ दशमलव ५९, सेन्ट्रल फाइनान्स ८ दशमलव ३३, नबिल इक्विटी फण्ड ८ दशमलव १४ र हिमालयन पावर पार्टनरका शेयरधनीले ७ दशमलव ५३ प्रतिशतले कमाए । 

त्यस्तै नेपाल हाइड्रो डेभलपर्स ५ दशमलव ६३, नाडेप लघुवित्त वित्तीय संस्था ३ दशमलव १२, नेरुडे लघुवित्त विकास बैंक ३ दशमलव १०, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २ दशमलव ७३, सपोर्ट माइक्रोफाइनान्स २ दशमलव ७१ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले २ दशमलव ५९ प्रतिशतले गुमाए । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया