स्ववियु चुनाव स्थगित

 फागुन ७, २०७६ बुधबार ६:२६:३ | रासस
unn.prixa.net

काठमाण्डाै – विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगन गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवश् अर्को निर्णय नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिनुभयो ।

'विद्यार्थी सङ्गठनको सहमतिमै चुनाव स्थगित गरिएको हो', उहाँले भन्नुभयो, 'चुनाव हुनुभन्दा एक महिना अगाडि चुनाव कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो, तर त्यो हामीले सकेनौँ, त्यसैले चुनाव स्थगित गरेका हौँ ।' उहाँले विद्यार्थी सङ्गठनको छलफल र सहमतिमा छिट्टै चुनाव मिति तय गरिने जानकारी दिनुभयो ।

भुसालका अनुसार आउँदाे चैत अन्तिम हप्ता चुनाव गर्ने गरी विद्यार्थी सङ्गठनसँग सहमति गरिनेछ । त्यसअगावै स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा सम्पन्न गर्ने त्रिविको तयारी छ ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै क्याम्पसलाई परिपत्र गर्दै तोकिएको मितिमा चुनाव नहुने स्पष्ट पारेको छ । त्रिविका आङ्गिक क्याम्पसमा यही फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तोकिएको थियो ।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु चुनाव विद्यार्थी सङ्गठनबीचको विवादका कारणले विगत १० वर्षदेखि नियमित हुन सकेको छैन । त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु चुनाव हुन सकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको चुनाव दुई सय ५० क्याम्पसमा मात्र भएको थियो ।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु चुनाव निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच चुनाव प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु चुनाव विगत १० वर्षदेखि हुन नसकेको हो । 

त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु चुनावको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो । पत्रअनुसार ती क्याम्पस स्ववियु चुनावको तयारीमा जुटेका थिए । तोकिएको चुनावका लागि यही फागुन ४ गतेदेखि चुनाव प्रक्रिया सुरु गर्ने प्रस्ताव गरिए पनि काम अघि बढेको थिएन ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया