दक्षिण काेरियामा काेराेना : २५ लाख मानिसलाई घरभित्रै बस्न सरकारकाे आग्रह

 फागुन ८, २०७६ बिहिबार १७:४४:१७ | रासस
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको संक्रमणबाट बच्न दक्षिण कोरियाले २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेको छ । 

दक्षिण कोरियाली डाइगु क्षेत्रका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गर्नुभएको हो । 

टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गर्नुभयो । उहाँले कोरोनाविरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गर्नुभएको छ । 

डाइगु नगर क्षेत्रमा बिहीबार मात्रै थप ३५ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको थियो । दक्षिण कोरियामा अहिलेसम्म ८२ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको छ । 

कोरोना जीवाणुको सङ्क्रमण बढ्न थालेसँगै डाइगु नगरका सडक सुनसान हुनथालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया