दाेलखामा डोरीले बाटाे छेक्ने क्रममा बसले कुल्चँदा नाै वर्षीय बालकको ज्यान गयाे

 फागुन ९, २०७६ शुक्रबार १५:५८:६ | रासस
unn.prixa.net

दाेलखा - शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्ने क्रममा दाेलखामा एक बालकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामी रहेका प्रहरीले जनाएकाे छ । बाटाेमा डाेरी टाँगेर सहयाेग माग्दै गर्दा यात्रु बाेकेकाे बसको पछाडिपट्टिको चक्काले कुल्चिँदा उनकाे ज्यान गएकाे हो ।

सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नम्बरकाे बसकाे चक्काले थामीलाई बिहान साढे एघार बजेतिर कुल्चँदा उनकोे घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बसले डाेरीसहित लतार्दा बालक थामी बसकाे चक्कामुनि परेकाेले उनकाे ज्यान गएकाे स्थानीयकाे भनाइ छ।

मृतक थामीको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालयमा आएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया