इरानमा कोरोना भाइरस : पाँच जनाको ज्यान गयो, २८ जनामा सङ्क्रमण

 फागुन १०, २०७६ शनिबार १५:५३:५५ | रासस
unn.prixa.net

काठमाण्डौ - इरानमा काेराेना भाइरसकाे सङ्क्रमणबाट शनिबार थप एक जनाकाे ज्यान गएकाे छ ।

योसहित इरानमा कोरोना जीवाणुका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अहिलेसम्म इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ। इरानमा १० जना नयाँ कोरोनाका बिरामी फेला परेकाे सरकारी अधिकारीहरुले बताएका छन् ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरपूर प्रयास गरिरहेको जानकारी दिनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया