अर्थमन्त्री खतिवडाद्वारा सञ्चारमन्त्रीकाे पदभार ग्रहण

 फागुन ११, २०७६ आइतबार १५:४५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हाल्नुभएको छ । 

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गर्नुभएको हो । 

पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिनुभएको छ । 

सरकारी सञ्चार माध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्ने मान्यता सरकारले नराख्ने उल्लेख गर्दै खतिवडाले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पुर्‍याउने योगदानलाई मध्यनगर गर्दै सूचना सम्प्रेषण गर्न आग्रह गनुभएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया