टर्कीमा ५.७ म्याग्निच्युडको भूकम्प : सात जनाको ज्यान गयाे

 फागुन ११, २०७६ आइतबार १६:५:४० | रासस
unn.prixa.net

काठमाण्डौ- आइतबार बिहान टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर गएको ५‍.७ म्याग्नीच्यूडको भूकम्पमा परि ७ जनाको ज्यान गएको छ । भूकम्पमा परेर ५  जना घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्भेले भूकम्पबारे जानकारी गराएको हो ।

भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट भएको धनमालको क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया