कैलालीबाट खैरो हेरोइनसहित पाँच जना पक्राउ

 फागुन ११, २०७६ आइतबार १९:२३:११ | रासस
unn.prixa.net

कैलाली - कैलालीको बसपार्कमा रहेकाे अछाम होटलबाट खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा, ३६ वर्षीय सुवास हमाल, ३३ वर्षीय सुनिल कुँवर र होटल सञ्चालक विजय साउद रहेका प्रहरीले जनाएकाे छ। 

उनीहरुबाट ५६० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया