सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘एलिमेन्ट’ लागिपरेका छन् : प्रधानमन्त्री ओली

 फागुन १२, २०७६ सोमबार १८:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भ्रम छर्न र सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल एलिमेन्ट’ लागिपरेको बताउनुभएको छ । 

गण्डकी प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसदमा हामी छलफलका लागि विधेयक प्रस्तुत गर्छौँ, विपक्षीहरुले त्यहाँ छलफल गरे हुन्छ नि! जनतामा भ्रम किन छर्ने ?’  

संसदमा पनि पर्याप्त कुरा नै नभएजस्तो गरी जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल एलिमेन्ट’ रहेको उहाँले बताउनुभयो । ‘जनतामा भ्रम छर्न, सरकारलाई आलोकप्रिय बनाउन र यस्ता कुराहरुलाई साथ दिने, सहयोग गर्ने रियाक्सनल एलिमेन्टेस थुप्रै छन्, जसले यस्ता कुराहरुलाई मद्दत गरेका छन्, बोकेका छन्, उठाएका छन्, सहयोग गरेका छन्, कराएका छन् र हिँडेका छन्’, ओलीले भन्नुभयो । 

देशलाई आवश्यक पर्ने र जनताले पत्याउने सही नीतिहरु नभइ विगतमा बलिदानपूर्ण सङ्घर्ष गरेका थियौँ भनेर मात्रै जनसमर्थन प्राप्त नहुने प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । उहाँले सरकारले गरेका कामहरु देखेर विरोधीहरु आत्तिएको समेत बताउनुभयो ।

सरकारले दूरगामी महत्वका साथ असाधारण कामहरु गर्न थालेको उल्लेख गर्दै ओलीले तत्कालीन अवस्थामा पनि समाजलाई आवश्यक रहेको नीति, कार्यक्रम तथा योजनाहरु अगाडि बढाइएको स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री ओलीले पार्टी र देशको निर्माण भवितव्यले नबन्ने बताउनुभयो । चुनावमा पनि भवितव्यले जनताको अभिमत प्राप्त नगरेको ओलीको भनाइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया