एपीएफलाई हराउँदै आर्मीकाे लगातार पाँचाैं जीत
चैत ४, २०८१ सोमबार
काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १४ अङ्कले घटेर २ हजार ७ सय ४ दशमलव ७० विन्दुमा झरेको छ ।
आज फाइनान्स, होटल, लगानी, उत्पादन, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे ३ प्रतिशतले ओरालो लागेको छ ।
आज महालक्ष्मी विकास बैंकको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्शन कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ३ सय ३१ वटा कम्पनीका ९९ लाख ३५ हजार कित्ता शेयर ५ अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ ।
यो कारोबार रकम २ महिनायताकै कम हो । यसअघि माघ ३ गते ५ अर्ब ८८ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।