कलङ्कीमा मालवाहक ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दियो, एक जनाको ज्यान गयो

 फागुन १२, २०७६ सोमबार २०:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको कलङ्कीमा मालवाहक ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । 

ना ६ ख २८७१ नम्बरको ट्रकले ठक्कर दिँदा चितवनको टाँडी बस्ने समशेर गुरुङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । गुरुङको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो ।

त्यस्तै दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको दुर्घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक (इन्सपेक्टर) पुरुपोत्तम कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । 

ट्रकमा च्यापिएका एक जना चालकको उद्धार गरिएको छ तर उनको अवस्था पनि गम्भीर छ । 

कलङ्कीबाट थानकोट जाने सडकखण्डमा मालवाहक ट्रकले स्करपियो, भ्यान, स्कुटीलगायतलाई ठक्कर दिएको हो । ट्रककाे ब्रेक फेल भएर दुर्घटना भएकाे प्रहरीले जानकारी दिएकाे छ । 

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया