शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा बार्सिलोना नापोलीसँग एक–एक गोलको बराबरीमा रोकिएको छ ।
नापोलीको मैदानमा भएको खेलमा एन्टाेइन ग्रिजम्यानले गोल गर्दै बार्सिलानालाई हारबाट जाेगाएका थिए । खेलको ३०औँ मिनेटमा ड्राइज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा नापोलीले अग्रता कायम राखे पनि खेलकाे ५७औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा पुर्याए र बार्सिलाेनाकाे हार टारे ।