प्रधानमन्त्री कप क्रिकेटमा पुलिसकाे लगातार पाँचाैं जीत
चैत ४, २०८१ सोमबार
काठमाण्डाै – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।
एक वर्षअघि ताप्लेजुङमा हेलिकाेप्टर दुर्घटनामा निधन भएपछि अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरी मन्त्रालयले कार्यविधि बनाउने काम गरिरहेको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले कार्यविधि निर्माण प्रक्रियामा रहेकाले यस वर्षको पुरस्कार अधिकारीको जन्मदिन आउँदाे वैशाख २२ गते वितरण गरिने र अर्को वर्षबाट भने स्मृति दिवसकै दिन वितरण गरिने जानकारी दिनुभयो ।
गएकाे वर्ष फागुन १५ गते आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमानस्थलको अवलोकनपछि काठमाण्डाै फर्कने क्रममा तत्कालीन मन्त्री अधिकारीसहित सात जना सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको थियो ।
दुर्घटनामा मन्त्री अधिकारीसहित नेपाल सरकारका उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।