मलेसियाविरुद्ध नेपालको तेस्रो विकेट गुम्याे : ज्ञानेन्द्र आउट

 फागुन १७, २०७६ शनिबार १५:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले तेस्रो विकेट गुमाएको छ । ज्ञानेन्द्र मल्ल ३३ बलमा ३८ रन बनाएर आउट भएका हुन् । उनले तीन चौका र एक छक्का प्रहार गरे । नेपालले यसअघि दुई विकेट गुमाएको थियो । 

कुशल मल्ल पहिलो ओभरको दोस्रो बलमै आउट हुन पुगेका थिए । उनी खाता नै नखोली आउट भएका हुन् । दोस्रो विकेटको रुपमा पारस खड्का आउट भएका थिए । कुशल आउट भएपछि क्रिजमा आएका पारस र ज्ञानेन्द्रकाबीचमा २१ रनको साझेदारी भएको थियो । पारस ९ रन बनाएर आउट भए ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियाे । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा अविनाश बोहोराले २ तथा करण केसीले एक विकेट लिए ।

थाइल्याण्डमा जारी प्रतियोगितामा १५५ रनको लक्ष्य पछ्याएको नेपालको ओपनिङ कुशल मल्ल र ज्ञानेन्द्र मल्लले गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया