कोरोना प्रभावित भेटिए उपचारको लागि तयारी अवस्थामा छौं : स्वास्थ्य मन्त्रालय

 फागुन १७, २०७६ शनिबार १६:४३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वका ६० देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएकाे विश्व स्वास्थ्य सङ्गठनले जनाएकाे छ । चीनकाे छिमेकी भएकाेले नेपाल  कोरोना भाइरस सङ्क्रमणकाे उच्च जाेखिममा छ ।

यस्ताे अवस्थामा सरकारले नेपालमा कोरोना प्रभावित भेटिए उनीहरुको उपचारको लागि तयारी अवस्थाथामा रहेकाे दाबी गरेको छ । 

अहिले तीन वटा अस्पताल तयारी अवस्थामा राखिएको र अरु ३६ वटा अस्पतालले पनि कोरोना सङ्क्रमितकाे उपचार गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता सागर दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै जनालाई क्वारेन्टाइनमा राख्न नसकिने भए पनि सरकारले निगरानी भने बढाएको दाबी गर्नुभयो । 

विदेशबाट आएकाहरुको सम्पर्क नम्बर लिने र उनीहरुलाई १४ दिनसम्म घरमै सुरक्षित भएर बस्न आग्रह गर्ने गरिएको उहाँको भनाइ छ । रु

घा लागेको व्यक्तिले मास्क लगाउने, अरु मानिसभन्दा अलि टाढा बस्ने, बेलाबेलामा हात धुने गर्नाले पनि सङ्क्रमण फैलिन केही कम हुने भएकाले व्यवहार परिवर्तन गर्न उहाँको सुझाव छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया