दक्षिण अफ्रिकाका फुलर र सिङ्गापुरका डेभिड इपिएलमा : चितवन राइनोजबाट खेल्ने

 फागुन १७, २०७६ शनिबार १८:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आसन्न एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा चितवन राइनोजबाट दक्षिण अफ्रिकाका अलराउण्डर जेम्स फुलर खेल्ने भएका छन् । 

इपीएलमा स्टार खेलाडीहरुको बाहुल्यता रहने भएको छ । ३० वर्षीय फुलरले टी २० मा अहिलेसम्म ९६ विकेट लिएका छन् भने उनको नाममा ३७ क्याच रहेको छ।

दायाँ हाते ब्याट्सम्यान तथा फास्ट बलर फुलरले सोमपाल कामी, ललित सिंह भण्डारी र कमलसिंह ऐरीसहित चितवनको टीम बलिङमा पनि बलियो देखिने छ ।

फुलरले इंग्ल्यान्डको मिडलएक्स, हाम्सायरबाट खेलिसकेका छन् । यस्तै सिंगापुर टीमका डेभिड हार्डहिटर पनि चितवन राइनाेजमा आवद्ध भएका छन् । बिग ब्यास लिग खेलिसकेका डेभिड हार्डहिटर ब्याट्सम्यान हुन् । इपीएल मार्च १४ देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया