नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो : प्रतिव्यक्ति झन्डै ९१...
चैत ६, २०८१ बुधबार
काठमाण्डौ – नेपालले नरेन भट्टको कप्तानीमा आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट एशिया छनोट खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो भट्टलाई कप्तानको जिम्मेवारी दिएको हो । टोलीको उपकप्तानमा अभिषेक तिवारी रहेका छन् ।
१९ वर्षमुनिको विश्वकप एशिया छनोट क्रिकेट आउँदो अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुनेछ । घरेलु टोली नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएईले छनोट खेल्नेछन् । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम १४ सदस्यीय टोलीको घोषणा हुने क्यानले जनाएको छ ।
टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । नेपालको युवा टोलीले एशिया छनोट अघि अफगानिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।