अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
कास्की - अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा नै आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन् यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति गराउने गर्दछ ।
पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटकलाई पर्यटन व्यवसायीले नमस्तेभन्दा उनीहरू निकै खुशी हुन्छन् । लेकसाइडमा कतिपय विदेशी पर्यटकले त नेपालीका अन्य शब्द बोल्न नजाने पनि नमस्ते भन्दै यहाँका स्थानीयवासीलाई अभिवादन गरिरहेका भेटिन्छन् । नेपाली समाजमा आतिथ्यतापूर्ण व्यवहारको पहिलो सुरुवात नै नमस्ते हो ।
गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पर्यटक लक्षित नमस्ते अभियान घोषणा गरेको थियो । अहिले भने पर्यटन लक्षित नभई कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट जोगिने सन्दर्भमा यहाँका मुख्य बजार र चोकचोकमा नमस्ते शब्दको चर्चा र यसको कार्यान्वयन हुने गरेको छ ।
विगतमा भेट्दा हात मिलाउने साथीभाइ पनि एकापसमा भेट्दा दुई हात जोडेर नमस्ते गर्ने गरेका छन् । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्थामा सामाजिक सञ्जाल र विभिन्न चिकित्सकले अन्तर्वार्तामा भन्ने गरिएको सङ्क्रमणबाट जोगिनका लागि कोही कसैसँग हात नमिलाएर नमस्ते गरौँ भन्ने सुझाव यतिखेर जनस्तरबाटै कार्यान्वयन गर्न थालिएको हो ।
सामाजिक सङ्घसंस्थाले पनि यतिखेर सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । गण्डकी प्रदेशसभाको आइतबार बसेको बैठकमा अधिकांश सदस्यले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बढ्दै गरेको अवस्थामा सरकारले यसतर्फ चासो दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । कोरोना भाइरसको हल्लासँगै पोखराको पर्यटनमा नकारात्मक प्रभाव पारेको छ ।
भूकम्प, नाकाबन्दीलगायत विभिन्न कारणले समयसमयमा पर्यटन व्यवसाय प्रभावित भए पनि शोकलाई शक्तिमा बदल्दै आफ्नो व्यवसायलाई निरन्तरता दिएका पर्यटन व्यवसायी अहिले पनि यसका विकल्पको खोजीका लागि निरन्तर जुटिरहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।
विकल्पको खोजीका साथै सम्भाव्य जोखिमबाट बच्नका लागि सचेतना अभिवृद्धि गर्न पनि आफूहरू लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार सचेतनालाई नै लक्षित गरी पोखरा पर्यटन परिषद्को आयोजनामा आज साँझ लेकसाइडमा सचेतनामूलक सद्भावना र्याली आयोजना गरिएको छ ।
व्यक्ति÷व्यक्ति होस् वा समूह अहिले एकापसमा हात मिलाएर हैन नमस्ते गरौँ भन्ने भावना पनि जागृत हुँदै गएको छ । पोखराका सामान्य चिया पसल एवम् चोकदेखि प्रदेशको मन्त्रालय, प्रदेशसभा आदि स्थानमा यतिखेर एकापसमा नमस्ते गर्दै अभिवादन गरेको देख्न सकिन्छ ।
कोरोना भाइरसको सङ्क्रमणको हल्ला सुरु भएयता पोखराको समग्र पर्यटन व्यवसाय धरापमा परेको होटल सङ्घ नेपाल (हान)का केन्द्रीय सदस्य भरतराज पराजुली बताउनुहुन्छ । पोखरामा होटेल व्यवसायमा खर्बौंको लगानी भइसकेको बताउँदै उहाँले कोरोनाका कारण यतिखेर व्यवसायीहरू ठूलो मारमा परेको उल्लेख गर्नुभयो ।
'पर्यटन व्यवसायमा परेको मारलाई दृष्टिगत गर्दै सरकारले तत्काल राहतका प्याकेज ल्याउनुपर्ने देखिएको छ', उहाँले भन्नुभयो,' बैंक तथा वित्तीय संस्थाले पनि यस्तो समयमा ब्याजदरमा सहुलियत प्रदान गरी बैंक तथा व्यवसाय दुबै सँगसँगै चल्न सक्ने वातावरण निर्माण गर्नु अपरिहार्य छ ।'
घुम्न आउने जो कोही सबैभन्दा पहिले पर्यटन व्यवसायीसँग ठोकिने बताउँदै उहाँले सङ्क्रमणबाट जोगिनका लागि सकेसम्म सचेत बन्नुको विकल्प नभएको बताउनुभयो । सम्भाव्य सङ्क्रमणबाट जोगिनकै लागि पछिल्ला दिन पोखरामा हात मिलाउने भन्दा पनि नमस्ते गर्ने प्रचलन बढिरहेको उहाँको भनाइ छ ।
बेलैमा सावधानी अपनाउन सके यसको सङ्क्रमणबाट जोगिन सकिने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराका निर्देशक डा अर्जुन आचार्यले बताउनुभयो ।
स्वास्थ्य संस्थाहरूले सम्भाव्य जोखिमलाई लक्षित गरी त्यसको तयारी गरेको बताउँदै उहाँले सर्वसाधारण पनि सचेत बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।चिकित्सकहरूले सङ्क्रमणबाट बच्नका लागि घरबाट बाहिर सार्वजनिक यातायात एवम् भीडभाड एवम् कार्यस्थलमा जाँदा पञ्जा, मास्क आदिको प्रयोग गर्न सुझाव दिएका छन् ।
त्यस्तै नियमित स्वस्थ, स्वच्छ शरीरका साथै घरायसी प्रयोगका सामानको नियमित सरसफाइ गर्न उनीहरूको सुझाव छ । साथीभाइ भेटघाटमा हात मिलाउने, अङ्कमाल गर्ने जस्ता कुरालाई त्याग्दै नमस्कार गरेर अभिवादन गर्न पनि उनीहरूको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।