तालिवानी आक्रमणमा एक शिक्षकसहित सात जना मारिए

 फागुन २४, २०७६ शनिबार १६:४१:४६ | रासस
unn.prixa.net

काठमाण्डौ - अफगानिस्तानमा तालिवान लडाकूहरुले गरेको आक्रमणमा परी शुक्रबार सात जनाको ज्यान गएकाे छ । 

हेरात प्रान्तको कुशक रुबत साङ्गी जिल्लामा आक्रमण भएको जिल्ला गभर्नर लाल मोहम्मद ओमरजाइले शनिबार जानकारी दिनुभयो । शुक्रबार अबेर आक्रमण भएको बताइएको छ । आक्रमणपछि आक्रमणकारी भागेका थिए ।

आक्रमणमा परी ज्यान गुमाएकाहरुमध्ये एक जना शिक्षक पनि रहेको हेरात प्रान्तीय सरकारका प्रवक्ता जिलानी फरहादले सिन्ह्वालाई जानकारी दिनुभयो । घटनाका बारेमा तालिवानकाे तर्फबाट कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया