फागुन २८ मा राप्रपा संयुक्त र राप्रपाबीच पार्टी एकता हुने

 फागुन २५, २०७६ आइतबार ७:३४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता हुने भएको छ । एकीकरणसम्बन्धी आधारपत्रमा पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले हस्ताक्षर गर्नुभएको छ । 

एकताको घोषणासभा फागुन २८ गते अर्थात आउँदाे बुधबार हुनेछ । एकीकृत पार्टीमा राप्रपा संयुक्तका अध्यक्षहरु राणा र लोहनी तथा राप्रपाका अध्यक्ष थापा अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति भएको छ । 

नयाँ दलको झण्डा अहिले राप्रपाको झण्डा प्रयोग गरिने तर चुनाव चिह्न भने पछि तय गर्ने सहमति भएको छ । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाँडफाँडलगायत दैनिक कार्य सञ्चालन तीनजना अध्यक्षहरुको सहमतिमा गर्ने सहमति भएको छ । 

पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपा संयुक्तबाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमल्सिना तथा राप्रपाका तर्फबाट दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा रहेको कार्यदल समेत गठन गरिएको छ । 

एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने सहमति भएको छ । 

दुई राप्रपाबीच दुबै दलको विधानलाई मिलाएर एकीकृत विधान बनाउने सहमति भएको छ । एकीकरणसम्बन्धी आधारपत्रका प्रावधान अन्तरिम विधानसँग बाझिएमा आधारपत्रका सम्झाैतालाई मान्यता दिइनेछ ।

तत्कालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । विधान सञ्चालनमा कुनै बाधा पर्न गएमा तीनजना अध्यक्षहरुको सहमतिमा बाधा अड्काउ फुकाउ गरिनेछ । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mohan luitel

    March 8, 2020, 8:05 a.m.

    उद्देश्य मा नै अरुको गुलामी लाई लियर बनाइएको पार्टी कसरी सफल होला कुनै एक परिवार को लगी बाफादर गुठ बाट जनता ले के आस गरलान र यीनी हरुलाई सत्तमा दाई मारना पौलान, बिचारा हरू मरिसकेको स्याल लाई बच्ला ला र उसको मुख बाट चुहिने रयाल खान पाईला भन्ने हुतिहरा gyang

  •  0 Reply

तपाईको प्रतिक्रिया