असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – गएको असोज महिनामा तीन अर्ब ४५ करोड ६३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । स्वचालित प्रणाालीबाट २१ वटा उद्योगमा १५ करोड १० लाख रूपैयाँ र म्यानुअल प्रणालीबाट ३४ वटा उद्योगमा ३ अर्ब ३० करोड ५३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
विभागले गएको वैशाखमा आयोजित तेस्रो लगानी सम्मेलनदेखि अटोमेटिक रुटमार्फत विदेशी लगानी प्रतिबद्धता स्वीकृत गर्न थालेको हो । असोजमा पर्यटन क्षेत्रमा ६४ प्रतिशत, सेवा क्षेत्रमा २४ प्रतिशत, उत्पादन क्षेत्रमा ७ प्रतिशत, कृषिमा ४ प्रतिशत र सूचना तथा प्रविधि क्षेत्रमा १ प्रतिशतलगानी प्रतिबद्धता आएको छ ।
योसहित चालु आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक बर्ष नेपालमा ६१ अर्ब ९० करोड ४५ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । तर खुद विदेशी लगानी ८ अर्ब ४० करोड ७ लाख रूपैयाँ मात्रै भित्रिएको विभागले जनाएको छ । प्रतिबद्धता तथा स्वीकृत रकम पटक पटक गरेर भित्रिने र कतिपय नभित्रिने अबस्था पनि रहेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।