अन्नपूर्ण आरोहण शुरू, एकैदिन ३२ आरोही चुचुरोमा
चैत २६, २०८१ मंगलबार
बेलायती प्रधानमन्त्री केअर स्टार्मरले देशको अर्थतन्त्रलाई अमेरिकी करको प्रभावबाट जोगाउनका लागि सरकार हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ ।
बेलायती प्रधानमन्त्री स्टार्मरले केही शुल्कबाट बच्न अमेरिकासँग आर्थिक सम्झौताका लागि जोड दिइरहने बताउँदै बेलायती हितको रक्षा गर्न सरकारले हस्तक्षेप गर्नसक्ने पनि बताउनुभएको बीबीसीले जनाएको छ ।
आफूहरूलाई थाहा भएको संसार समाप्त भइसकेको चेतावनी दिँदै उहाँले बेलायती व्यवसायलाई अमेरिकी करको आँधीबाट बचाउन औद्योगिक नीति प्रयोग गर्न तयार रहेको कुरा टेलिग्राफमा लेख्नुभएको छ ।
प्रधानमन्त्री स्टार्मरले व्यापार युद्धबाट कोही पनि विजयी नहुने भन्ने आफ्नो सरकारको विश्वास दोहोर्याउँदै तत्कालको रणनीति ‘शान्त रहने र सर्वाेत्तम सम्झौताका लागि लड्ने’ रहेको बताउनुभयो ।
अमेरिकामा भित्रिने धेरैजसो सामानमा १० प्रतिशत आधारभूत भन्सार शुल्क हिजोदेखि लागू भएको र धेरै देशहरूले यही अप्रिल ९ तारिखदेखि थप उच्च करहरूको सामना गर्नुपर्नेछ । विज्ञहरूले अमेरिकी करले उपभोक्ताहरूका लागि मूल्य बढाउन सक्ने चेतावनी दिइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कठोर रहन प्रशासनलाई आग्रह गर्नुभएको छ ।
यसैबीच राष्ट्रपति ट्रम्पको सल्लाहकारका रूपमा कार्यरत र सरकारी खर्च र जनशक्ति घटाउने प्रयासमा पनि अगुवाइ गर्दै आएका अर्बपति व्यापारी एलन मस्कले युरोप र अमेरिका शून्य–भन्सार स्थितिमा ‘आदर्श रूपमा’ सर्नुपर्छ भन्ने कुरामा सहमति भएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।