नेपालले म्यानमारलाई २७ टन राहत सामग्री सहयाेग गर्ने
चैत २७, २०८१ बुधबार
काठमाण्डौ – भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले बताएका छन् ।
मौसमविद डेभिट ढकालका अनुसार भोलि पूर्वको केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । पर्सि भोलिकोभन्दा अलि धेरै वर्षा हुने अनुमान रहेको छ । पर्सिदेखि वर्षा गराउने प्रणाली सक्रिय भएर देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा पनि भोलि र पर्सि हल्कादेखि छिटपुट वर्षा हुने र आउँदो बिहीवार र शुक्रवार मध्यम वर्षा भएर प्रदूषण घट्न सक्ने मौसमविद् ढकालको भनाइ छ ।
अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा खण्डित वर्षासहित हिमपातको सम्भावना छ । यी चार प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीको वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मधेशसहित सबै प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली देखि मुख्यतया मौसम सफा रहने सम्भावना छ ।
यसैबीच काठमाण्डौको वायु प्रदूषण निकै अस्वस्थकर स्तरमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एयरका वायु गुणस्तर इन्डेक्स दुई सयभन्दा माथि पुगेर काठमाण्डौ विश्वको दोस्रो प्रदूषित शहर बनेको छ ।
एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । वायु प्रदूषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् ।
यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरीरका अरु अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टरहरु बताउँछन् ।
वायु प्रदुषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् ।
अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।