चीनलाई थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने अमेरिकाको चेतावनी

 चैत २६, २०८१ मंगलबार ६:५३:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले प्रतिशोधात्मक शुल्क फिर्ता नलिए ५० प्रतिशत अतिरिक्त भन्सार महसुल थप्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

यसअघि गएको शुक्रवार चीनले अमेरिकी सामानमा ३४ प्रतिशत प्रतिशोधात्म शुल्क लगाउने घोषणा गरेको थियो । ट्रम्पको कर नीति तथा योजनाका कारण केही दिनदेखि चीनको शेयर बजार समयमा खुल्न सकिरहेको छैन भने विश्वव्यापी रुपमै शेयर बजारमा उथल–पुथल देखिएको छ ।

ट्रम्पले भनेजति थप भन्सार महसुल लागेमा चीनबाट सामान आयात गर्ने केही अमेरिकी कम्पनीले १०४ प्रतिशत करको सामना गर्नु पर्ने देखिन्छ । यसैबीच, पत्रकारहरुसँगको कुराकानीमा ट्रम्पले विश्वव्यापी अतिरिक्त भन्सार महसुल रोक्ने आफ्नो कुनै योजना नरहेको बताउनु भएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया