साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे
बैशाख १२, २०८२ शुक्रबार
पाल्पा – लामो समयसम्म पानी नपरेर खडेरी परेकाले पाल्पाका धेरै जङ्गलमा डढेलो लाग्न थालेको छ । अहिलेसम्म जङ्गलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ भने १६ वटा घरगोठ जलेका डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार ३६ वटा सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ । चैत लागेसँगै जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढेर खरानी भएको कार्यालयले जनाएको छ ।
डढेलोले नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन कार्यालय प्रमुख भट्टराईले सबैलाई आग्रह गर्नुभएको छ । यसपालि हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीयवासीको भनाइ छ ।
केही दिनयता तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन र रैनादेवी छहरामा बढी डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार डढेलो नियन्त्रणमा लिन प्रयास गरे पनि आगो पूर्णरूपमा ननिभ्दा हावाहुरीले पुनः सल्किने समस्या रहेको छ ।
पाल्पाका १० वटा पालिकाका ८१ वडामध्ये ३९ वटा वडाका वन, जङ्गल डढेलोको उच्च जोखिममा छन् भने २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।