साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे
बैशाख १२, २०८२ शुक्रबार
काठमाण्डाै – सङ्घीय संसद्को बर्खे अधिवेशन आजदेखि शुरू भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको छ । उहाँले संसद्को यो अधिवेशन कानून निर्माण, सरकारको नीति तथा कार्यक्रम, बजेटसँगै नागरिकका आकाङ्क्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।
आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२’ लाई पेस गर्ने कार्यसूची छ । पहिलो बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
प्रतिनिधिसभा बैठकमा अहिले विभिन्न दलका नेताहरूले धारणा राखिरहेका छन् । बैठकमा पार्टीको तर्फबाट समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसले एमालेसँग गरेको सत्ता सहकार्यको सहमति अक्षरशः पालना गर्ने बताउनुभएको छ । नेकपा एमालेका सांसद गोकर्णराज विष्टले पार्टीको तर्फबाट धारणा राख्दै अराजकता र अस्थिरता चाहने शक्तिको चलखेल बढेको भन्दै ती प्रयासलाई कानूनी प्रक्रियामार्फत समाधान गरिने बताउनुभयो ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले वैशाख १५ गतेसम्मको एउटा र वैशाख १६ गतेदेखि ३१ गतेसम्मको अर्को क्यालेन्डर तयार पारेको छ ।
आजदेखि वैशाख ३१ गतेसम्मको क्यालेन्डर अनुसार प्रतिनिधिसभा बैठक अब १४, १५ र १६ गते बस्नेछ । त्यसपछि वैशाख १९ गतेको बैठकमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रम संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्नुहुनेछ । त्यसपछि २२, २३, २४, २५ २६, २८, ३० र ३१ गते प्रतिनिधिसभाका बैठक बस्नेछन् । वैशाख २८ गते प्रि–बजेट छलफल शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।