भारतले पाकिस्तानसँग द्विपक्षीय क्रिकेट खेल्दैन : बीसीसीआई उपाध्यक्ष

 वैशाख ११, २०८२ बिहीबार १५:१८:० | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर

भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले भारतले पाकिस्तानसँग कुनै पनि द्विपक्षीय क्रिकेट नखेल्ने बताउनुभएको छ ।

बीसीसीआईका उपाध्यक्ष शुक्लाले आफूहरू पीडितको साथमा रहेको र सरकारको अडानका कारण पाकिस्तानसँग द्विपक्षीय शृङ्खला नखेल्नेमा जोड दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रतियोगितामा भने पाकिस्तानसँग खेल्ने उहाँले बताउनुभयो । पहलगाममा भएको आक्रमणबारे आईसीसीलाई पनि थाहा भएको र उसले निर्णय गर्ने उहाँको भनाइ छ ।

भारत र पाकिस्तानले पछिल्लो पटक सन् २०१२–२०१३ मा द्विपक्षीय शृङ्खला खेलेको थिए । त्यति बेला पाकिस्तान सीमित ओभरको क्रिकेट शृङ्खला खेल्न भारत गएको थियो ।

भारत पछिल्लो पटक सन् २००८ एशिया कप खेल्न पाकिस्तान गएको थियो । तर भारतले सन् २००५–२००६ पछि द्विपक्षीय क्रिकेटका लागि पाकिस्तानको भ्रमण गरेको छैन ।

मङ्गलवार पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया